Share Icon

♠ हस्ता विष्ट

११ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित रुपा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम बहादुर गोदार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

रुपा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर गोदार वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गोदार अहोरात्र खटिरहनु भएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष राम बहादुर गोदार ।

वडा अध्यक्ष गोदार भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष राम बहादुर गोदारले बताउनुभयो ।

वडा अध्यक्ष राम बहादुर गोदार विस वर्ष लामो समय सम्म नेपाली सेनामा रहेर देशको सेवा गरेर अहिले वडा अध्यक्षमा रहेर जनताको विकास र समृद्धिको लागि निरन्तर लागि परिरहनुएको छ ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो,  ” खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि बृहत रुपमा काम अगाडि बढाईरहेको छ । ”

त्यसै गरी धार्मिक तथा सांस्कृतिक क्षेत्रको लागि वडामा विभिन्न मठमन्दिरको निमार्ण तथा मर्मत सम्भार गर्ने काम तीव्र गति भईरहेको वडा अध्यक्ष गोदारले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा रहेको मा.वि एकृतित समाज जुन सामुदायिक भवनको निमार्ण काम सम्पन्न भएको छ ।  ”

बाटो सडकको क्षेत्रमा बाटो चौडा गराएसंसगै स्तरउन्नति गर्दै बाटो ग्राभेल गर्ने र कुनै बाटो ढलान र कालोपत्रे गर्ने योजनामा रहेको वडा अध्यक्ष गोदारको भनाई छ ।

कृषिको क्षेत्रमा उत्पादनमा बृद्धि गर्नको लागि सिचाई गर्न सहजको लागि कुलो निमार्ण गर्ने, विभिन्न विउँविजन वितरण गर्ने योजनामा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि विद्यालयमा खानेपानी, विजुल्लि बत्ति, शौचालयको निमार्ण गरेसंसगै मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा टोल टोलमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर वडाबासीहरुलाई स्वास्थ्य सुबिधा दिईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नभयो वडामा साना तिना योजना तथा कार्यक्रमहरु धेरै रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको उहाँको भनाई छ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon