‘मान नदिकाे स्थायी समास्या समाधान नभए नेपाल-भारतकाे सिमान छुट्याउन गाह्राे हुन्छ’
♦गाेमा बिष्ट २६ मंसिर, काठमाडाैँ । बर्दिया जिल्लाको तेस्रो ठूलो नदीका रुपमा चिनिएको मान नदीले गरेकाे कटान नियन्त्रणकाे लागि वडा कार्यालयले अथक प्रयास गरिरहेकाे छ । वर्षेनी आउने बाढीले त्यहाँकाे सायाैँ विगहा जमिन कटान भइसकेकाे बढैयाताल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले बताउनुभयाे । उहाँले भन्रुभयाे, ' बाढीबाट कटान र डुवानले हैरान भएका स्थानीयवासीले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि दिर्घकालिन रूपमा समस्याकाे समाधान भएकाे छैन । जसकारण यहाँका जनता वर्षेनी दु:ख पाइरहेका छन्।' उहाँले सरकारले दिर्घकालिन रूपमा समस्याकाे समाधान नगरे थप जमिन कटान हुने प्रबल सम्भवान रहेकाे साथै नेपाल र भारतकाे सिमान नै छुट्याउन गाह्राे हुने…
