Share Icon

 ८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष राम बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.८ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

उहाँले भन्नुभयो, ” वडामा कृषिको क्षेत्रमा विशेष जोड दिदै व्यवसायमय बनाउनको लागि उत्पादन बढाउनको लागि तरकारीहरुको विउँ विजन वितरण गरेर बजारिकरणको विस्तर गर्न विशेष जोड दिएका छौ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि स्टाफ क्वाटरको भवन निमार्णको लागि विशेष पहल गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि दैनिक अनुगमनको लागि प्रत्येक विद्यालयमा सि.सि.टि.भि क्यामेरा जडान गर्नको लागि वडाबाट खरिदको लागि पठाईएको उहाँले बताउनुभयो ।

त्यसै गरी खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि प्रदेश र संघसंग समन्वय गरेर खानेपानीको काम बृहत रुपमा काम भईरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको छ । वडामा साना तिना योजनाहरु धेरै रहेका छन् । ति योजनाहरु पुरा गर्नको लागि अहोरात्र खटिरहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon