Share Icon

१० फागुन, काठमाडाैं ।  राजापुर नगरपालिका वडा नम्बर ४ को कार्यालयले टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 अध्यक्ष बिदुर पोख्रलको अध्यक्षतामा सञ्चालित उक्त सचेतनामुलक कार्यक्रममार्फत वडावासीलाई सचेत पार्दै टोलमा अभिमुखीकरण तालिम दिइएको छ ।

कार्यक्रममा वडा नम्बर ४  का वडा अध्यक्ष पोख्रलले लागु पदार्थ र बालविवाह कानुनी अपराध तथा सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न वडावासी सचेत हुनपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर ४ का अध्यक्ष बिदुर पोख्रलले भन्नुभयो, राजापुर नगरपालिकामा बालबिबाह एकदमै बढ्ेको छ । बालबिबाह न्यूनीकरण कार्यक्रम हाम्रो वडाले गर्नुको मुख्य उद्देश बालबिबाहलाई कसरी हुन्छ कम गर्ने बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको हन्छ । बालबिबाह न्यूनीकरण कार्यक्रम हाम्रो वडामा हुने बालबिबाह कम हुने आशा हामीले गरेका छौ ।’

लागु पदार्थ नियन्त्रण र बालविवाह रोक्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने वडा अध्यक्ष पोख्रलले बताउनुभयो ।

उहाँले सबै वडाले टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न अहिलेको आवश्यकता रहेको उल्लेख गर्नभयो ।

वडा अध्यक्ष पोख्रलले वडामा अहिले बाल विवाह तथा लागुपदार्थ दुव्यवसनी बढिरहेको गुनासो आएकोले त्यसको न्युनीकरणको लागि यस्तो सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उक्त कार्यक्रममा स्वास्थ प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सम्पूर्ण टोलका बड्घरहरुको विशेष उपस्थिति र टोलबासी र युवाहरु लगायतकाे सहभागितामा रहेको थियाे ।

 

 

 

 

 

Facebook Comments Box

Share Icon