Share Icon

काठमाडाैं । सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले वडाबाटै आमा बुबा बिहिन टुहुरा बालबालिकालाई भत्ता प्रदान गरेकाे छ ।

वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले सामाजिक सुरक्षा भत्ता अन्तर्गत आमा बुबा बिहिन टुहुरा बालबालिकालाई भत्ता प्रदान गरिएकाे जानकारी दिनुभयाे ।

टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भत्ता दिइएकाे वडा अध्यक्ष तामाङले बताउनु भयाे । उहाँले भन्नुभयाे, “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिएका हौं”

टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने वडा अध्यक्ष तामाङले बताउनुभयाे ।

वडा कार्यालयले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । वडा कार्यालयका अनुसार १८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।

भत्ता वितरण कार्यक्रममा वडा तामाङसहित सुर्यगढी गाउँ पालिका उपाध्यक्ष मन्जु बुढाथोकी ढकाल, वडा सदस्य सुरज तमाङ, रबिन्द्र तामाङ, न्यायीक समितिका सहजकर्ता राममणी अधिकारी, प्रहलाद पौडेल, देबराज तामाङ र संरक्षक लगायतकाे उपस्थिति रहेकेा थियाे ।

Facebook Comments Box

Share Icon