Share Icon

काठमाडाैं । प्युठानकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले राष्ट्रिय परिचय पत्र बनाउने सम्बन्धमा सूचना जारी गरेकाे छ ।

वडा कार्यालयले बुधबार सूचना जारी गरी राष्ट्रिय परिचय पत्र बनाउने सम्बन्धमा वडावासीहरूलाई जानकारी दिएकाे हाे ।

वडा अध्यक्ष धनेन्द्र कार्कीले राष्ट्रिय परिचय पत्र अवाश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्न वडावासीहरूलाई अनुराेध गर्नुभएकाे छ ।

राष्ट्रिय परिचय पत्र बनाउन के के चाहिन्छ ?
१ नागरिकताको सक्कल प्रति
२ विवाहित भएमा श्रीमान/श्रीमती दुबैको नागरिकताको सक्कल प्रति
३ विवाह दर्ताको प्रमाण पत्रको सक्कल प्रति
४ पासर्पोट भएमा सक्कल प्रति (अनिवार्य होइन)
५ सवारी चालक अनुमतिपत्र भए सक्कलप्रति (अनिवार्य होइन)

प्रक्रिया कस्तो छ ?
-तपाई हाल बसोबास गरेको अस्थायी ठेगानबाट पनि राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउन सक्नु हुन्छ ।

-राष्ट्रिय परिचय पत्रको लागि एउटा दुई पेजको फारम भर्नू पर्दछ ।त्यसमा तपाईको तीन पुस्ताको विवरण चाहिन्छ ।

-तपाईले बुबा/आमा, हजुरबा/ हजुरआमाको नाम अनिर्वाय भर्नु पर्दछ ।

-तपाईको बुबा र आमाको नागरिकता नम्बर, जारी मिति र जारी गर्ने जिल्लाको नाम भर्नु पर्दछ ।

-विवाहितको हकमा पनि श्रीमान वा श्रीमतीको नागरिकता नम्बर, जारी मिति र जारी गर्ने जिल्लाको नाम भर्नू पर्दछ ।

-फारम भरिसकेपछि वडा कार्यालयका सचिवले रुजु गरेर दस्तखत गरेपछि तपाई फोटो खिचाउन सक्नु हुन्छ ।

-फोटो, डीजीटल हस्ताक्षर, आखाँको रेटिनाको फोटो खिचिन्छ ।

-दायाँ र बायाँ हातको चार औलाको स्क्यान गरिन्छ ।

-आफ्नो विवरण सहि छ वा छैन् भन्ने कुरा कम्प्युटर अपरेटर प्रीन्ट दिएपछि हेर्नु पर्दछ ।

-त्यसपछि पूनः सचिवले रुजु गरेपछि फेरी अपरेटरले हस्ताक्षर गरेर एक प्रति रसिद तपाईले प्राप्त गर्नु हुनेछ ।

-यस कार्यका लागि सरकारले कुनै शुल्क तोकेको छैन् ।

-यसबारे कुनै दुविधा भए वा तपाईको टोल, वडामा कहिले बाट सुरु हुदैंछ भन्ने थाहा पाउन सम्बन्धीत वडाका अध्यक्ष वा सदस्यसंग बुझ्न सक्नु हुनेछ ।

Facebook Comments Box

Share Icon