जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रम अन्तर्गत वडा अध्यक्ष कार्की आज बुढामगरकाे घरमा

Share Icon

काठमाडाैं । लुम्बिनीकाे प्युठान जिल्लामा रहेकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेकाे छ।

वडा अध्यक्ष धनेन्द्र कार्कीले प्रत्येक शनिवार जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रममार्फत वडावासीकाे घरदैलाेमा पुग्ने गरिएकाे बताउनु भयाे ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो,’निर्वाचन जितिसकेपछि जनप्रतिनिधि स्थानीयको घर दैलोमा आउँदैनन् र समस्या समाधान गर्दैनन् भन्ने सोचको अन्त्य गर्ने उद्देश्यले म स्वंय स्थानीयको घरघरमा गएर उहाँहरुको पिरमर्का चुलोचौको कार्यक्रममार्फत बुझिरहेकाे छु।’

साेही क्रममा आज शनिबार चुलाेचौकामा जनप्रतिनिधि कार्यक्रम अन्तरगत वडाकाे आपचौर निवासी ओमी बुढामगरको घरमा वडा अध्यक्ष कार्कीले भलाकुसारी गर्नु भएकाे हाे ।

उहाँले भन्नुभयाे, बुढामगरको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिइएकाे थियाे, साथै उहाँकाे आर्थिक अवस्था अत्यन्त नाजुक हुँदा उपचार खर्चको लागि व्यक्तिगत रूपमा ५ हजार सहयाेग गरेकाे छु।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.