वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौः अध्यक्ष तामाङ
♣ध्रुब कार्की
१९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ७ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा विर बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
पछिल्लो समय शिवपुरी गाउँपालिका वडा नम्बर ७ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अध्यक्ष अहोरात्र खटिरहनु भएको छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ७ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
वडामा कृषि र क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काममा आफु स्वयंम खटेर कामहरु गरीरहेका छौँ ।”
वडामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएसँगै आवश्यकताअनुसारको बजेट विनीयोजन गरेर सबैको सल्लाह तथा सुझाव लिएर वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने उद्देश्यका साथ लागिपरीरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन सम्पुर्ण विद्यालयहरुलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग छलफल गरेर अगाढी बढ्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले वडावासीहरुलाई वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम राख्दै कृषिलाई आधुनीकीकरण बनाउने योजना सँगै सिचाईकम लागि कुलोहरु निमार्ण गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई चेतना वुद्धी गर्नका लागि सम्बन्धीत कार्यक्रम योजनामा समेटेका छौँ, साथै थप योजनाका लागि वडामा छलफल गरीरहेका छौँ ।”
७ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ७ का अध्यक्ष तामाङले बताउनुभयो ।
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।
उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
कृषी, खानेपानी लगायतका समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन वडा अध्यक्ष तामाङले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’







