वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं: अध्यक्ष गिरी

Share Icon

♠ भावना थापा

९ फागुन, काठमाडाैं । मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत गाउँपालिका हो । मोहन्याल गाउँपालिकालाई ७ वडा वडामा विभाजन गरिएको छ ।

मोहन्याल गाउँपालिका वडा नं.३ का नारायण नविन गिरी वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा मोहन्याल गाउँपालिका वडा नं.३ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष नबिन गिरी ।

यस अघिको २०७४ सालको कार्यकाल पनि नविन गिरीको भएको विकास र जनले नबिन गिरीलाई २०७९ सालमा पुन दोहोरएको छ ।

पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ ।

अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ३ का अध्यक्ष गिरीले बताउनुभयोे ।

सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा भौतिक पुर्वाधारहरु सडक लगाएत खानेपानि, शिक्षाको समस्या अझै धेरै कामहरू गर्न बाँकी  रहेका कामहरूलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष नबिन गिरीले बताउनुभयो।

उहाँले भन्नुभयो , मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं ।

सिकाई गर्न नपरेको साथै समग्र वडाको विकास लागी नयाँ ढंगले अगाडी बढि रहेको शिक्षालाई पहिलो प्रथमिकतामा राखेर सम्रग वडामा स्वास्थ्य शिक्षा ,कृषि लागायतमा परिवर्तन ल्याउन निरन्तर रुपमा लागी परेको वडा अध्यक्ष गिरीले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । दोस्रो कार्यकालका लागी पुन मलाई जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिने छैन ।

पहिलो कार्यकालमा म जसरी लागी परेको , वडाको काममा खटेको थियो त्यो भन्दा चार गुणा वडाका लागी अहोरात्र नभनी निरन्तर सेवा प्रवाहा गर्ने साथै वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.