राजापुर बजार क्षेत्रकाे सरसफाई अभियानमा जुटे वडा अध्यक्ष पाेखरेल

Share Icon

सागर परियार
१९ फागुन, राजापुर । बर्दिया राजापुर नगरपालिका वडा नं. ४ को मुख्य क्षेत्र राजापुर बजारमा राजापुर नगरपालिकाको आर्थिक सहयोगमा सरसफाई अभियान सञ्चालन गरिएको छ ।

राजापुर बजारभित्र रहेका नाला, बजार र सरकारी भवन परिसरभित्र विभिन्न प्लाष्टिक कुहिने तथा नकुहिने फोहोर जथाभावी व्यापारी तथा ग्राहकहरुले फाल्ने गरेकाले बजार फोहोर देखिने गरेको राजापुर नगरपालिका वडा नं. ४ का अध्यक्ष बिदुर पोखरेल बताउनु भएको छ ।

कसरी हुन्छ, राजापुर बजारलाई स्वच्छ सफा तथा सुन्दर बजार बनाउने बताउँदै उहाँले राजापुर नगरपालिकाको आर्थिक सहयोगमा बजार सरसफाई समितिसगँ सहकार्य गरी बजार सरसफाई गरेकोमा धन्यावाद दिनुभयाे ।

बजार व्यस्थापन समितिका सचिव विश्वमान प्रधानका अनुसार फोहोर जथाभावी फाल्दा बजार कुरूप देखिएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘बजारका स्थानीय बासीहरुले आफ्नो प्रयोगको लागि ल्याएका ढुङ्गाहरु पनि बाटोमा राख्दा सवारी दुर्घटना हुने धेरै सम्भावना रहेकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिएकाे छ।’

उहाँले राजापुर बजारलाई सबै मिलेर स्वच्छ सफा राजापुर बजार बनाउन सर्हकार्य गर्नुपर्नेमा जाेड दिनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.