समग्र वडाको विकास गर्दै अध्यक्ष थापा

Share Icon

♣ हस्ता विष्ट
७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ ।

नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ ।

मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद बजार हुदै ऋषिङ पुग्न जम्मा ज्ञ घण्टा लाग्दछ भने दमौली बजार हुदै पनि जान सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेको हुनाले यस क्षेत्रलाई ऋषिङ्ग क्षेत्रको रुपमा प्रख्यात रहेकोले यस गाउँपालिकाको नामाकरण गिरिएको हो ।

पुर्वमा व्यास नगरपालिका र देवघाट गाउँपालिका, पश्चिममा भिमाद नगरपालिका र घिरिङ गाउँपालिका, उत्तरमा म्याग्दे गा।पा।र व्यास न.पा. र दक्षिणमा नवलपरासी जिल्ला रहेको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित ऋषिङ्ग गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

ऋषिङ्ग गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कुश बहादुर थापा ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

कुश बहादुर थापा वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले व्यापार व्यवसायमा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

ऋषिङ्ग गाउँपालिका वडा नं. १ मा पालिकाबाट जम्मा बजेट १ करोड, प्रदेशबाट २ करोड ७० लाख र संघबाट ५ करोड ५० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष कुश बहादुर थापाले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारलाई दिए साथसाथै वडामा रहेको बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, नयाँ बाटो ट्रयाक खोल्ने र कालोपत्रे गर्ने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयको भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेका छौ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा लिफ्टिङबाट वडाबासीको घर घरमा खानेपानी पुराउनको लागि कामहरु तीव्र गतिमा अगाडि बढाईरहेको वडा अध्यक्ष थापाको भनाई छ ।

वडा अध्यक्ष थापाले भन्नुभयो,  ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई, नेतृत्व विकास तालिम र महिला सशक्तिकरण तालिमहरुको सञ्चालन गरेका छौं । ”

त्यसै गरी युवाहरुलाई खेलकुदको लागि खेलकुद सामाग्रीहरुको व्यवस्था गरेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष कुश बहादुर थापाले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.