वडामा आवश्यकताअनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छौंः अध्यक्ष कार्की
♦ध्रुब कार्की
२९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्ला अवस्थित रामेछाप नगरपालिका रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो । यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको हो ।
रामेछाप नगरपालिका साविकका गा.वि.स.हरु रामेछाप, सुकाजोर, ओख़ोनी र थप गोठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर गरी २०७३/११/२२ सालमा पुनः गठन गरीएको हो । यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरीएको छ ।
पछिल्लो समय रामेछाप नगरपालिका स्थित ७ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा समिर कार्की पुनः निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ समिर कार्की, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई निरन्तरता दिदैँ नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।
रामेछाप नगरपालिका वडा नम्बर ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष समिर कार्की ।
वडा अध्यक्ष कार्कीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ७ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।
वडामा खानेपानिको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा खानेपानीहरुको सम्बन्धीत कामहरु भइरहेको छ ।”
त्यसैगरी वडामा रहेका सडकहरुलाई अध्यन गरेर नयाँ ट्रयाकहरु खोल्ने र अपुग भएका सडकहरु निर्माण गर्दै जिणर् भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन विद्यालयहरु समायोजन गर्दै हामी लागी परीरहेका छौँ ।”
त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रबाट वञ्चीत रहेका वडाबासीहरुलाई जोड्दै निशुल्क स्वास्थ्य बिमा गर्दै सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले वडामा रासायनीक मलको अभावको कारण वडामा उत्पादन घट्दै गएको कारणले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडाका प्रत्येक घरलाई निशुल्क पचास किलोको दरले रासायनीक मल वितरण गर्ने व्यवस्था लागु गरीएको बताउनुभयो ।
उहाँले वडामा रहेका युवा तथा महिलाहरुलाई आर्य आर्जनमा जोड्ने र व्यवसायी बनाउने उद्देश्यले सिलाई बुनाई जस्ता सिप मुलक लगाएत अन्य विभिन्न कार्यक्रमहरु रहेको जानकारी दिनुभयो ।
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष कार्कीले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
७ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ७ का अध्यक्ष कार्कीले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुणर् वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।







