खानेपानीकाे समस्यालाई ३ वर्षभित्रमा समाधान गर्छुः अध्यक्ष रूम्दाली

१४ असाेज, काठमाडाैं । संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७ सय ५३ वटा स्थानीय तहको गठन भएको छ।
जसमा कोशी प्रदेश ओखलढुङगा जिल्लामा ८ स्थानीय तह रहेका छन् । जिल्लामा १ नगरपालिका र सात वटा गाउँपालिका मध्ये माने भन्ज्याङ गाउँपालिका एक हो। यो गाउँपालिका १ सय ४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नम्बर ५ मा रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।
२१ हजार ८२ जना कुल जनसंख्या भएको यस गाउँपालिकामा मुख्यतः राई,मगर,तामाङ,क्षेत्री,बाहुन,नेवार,भुजेल,माझी,कामी,दमाई र सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा विभाजित यस गाउँपालिकामा कुल ४ हजार ६ सय १८ घर संख्या रहेका छन्।
माने भन्ज्याङ गाउँपालिका-१ का वडा अध्यक्ष राज कुमार रूम्दालीले २०८२ सालभित्र खानेपानीकाे समस्यालाई समाधान गर्ने बताउनुभएकाे छ। विद्युतकाे केन्द्रीय लाइन १० प्रतिशत पूरा गर्न बाँकी रहेकाे र यसै वर्षभित्र पूरा गर्ने लक्ष्य रहेकाे पनि उहाँले बताउनुभएकाे हाे । सडक कालाेपत्रे गर्नका लागि गाउँपालिका, सघीय सरकार र प्रदेश सरकारसँग समन्वयन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।
साथै समग्र रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेको पनि उहाँले बताउनुभयो । बजेट अभावका कारणले विकास निर्माणका याेजनाहरू पूरा हुनेमा आशंका रहेकाे पनि उहाँले बताउनुभएकाे छ ।
साेही वडाका सबै स्थानमा इन्टरनेटकाे पहुँजकाे विस्तार गर्ने याेजना रहेकाे पनि उहाँले बताउनुभयाे । भाैतिक पूर्वाधारका निर्माणकाे काम भइरहेकाे पनि उहाँले बताउनुभयाे । कृषिलाई उत्पादनसँग जाेड्ने र कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती गर्न सुरू गरिएकाे पनि उहाँले बताउनुभयाे ।
पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा अगाडि बढाउने पहल भइरहेकाे र साथै सामुदायिक विद्यालयहरू सुधार गर्ने याेजना रहेकाे उहाँकाे तर्क छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ३३ लाखको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।
पछिल्लाे समय वैदेशिक राेजगारीमा जाने युवा जमातलाई राेक्नका लागि वडाकाे तर्फबाट विशेष पहल भइरहेकाे पनि अध्यक्ष रूम्दालीकाे भनाइ छ ।अन्त्यमा पहिलाे कार्यकालमा विकास निर्माणकाे आधार तय गरेकाे बताउँदै उहाँले दाेस्राे कार्यकालमा साेही विकास निर्माणका कामलाई पूरा गर्ने दावी गर्नुभएकाे छ ।
–