वडामा डेंगुविरुद्ध सरसफाइ अभियान चलाइँदै

Share Icon

काठमाडाैं । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० मा डेंगुविरुद्ध सरसफाइ अभियान चलाइएको छ ।

डांडागाऊं आधारभुत स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार वडा नं १० को विभिन्न स्थानमा सरसफाइ अभियान चलाइएको हो ।

वडा अध्यक्ष सन्जित श्रेष्ठले वडाको खत्रिस्वांरा, पैका, डांडागाउँ, देउराली, फुल्पाति भन्ज्यांगमा सरसफाई अभियान चलाइएको बताउनु भयो ।

उहाँका अनुसार सरसफाई अभियानमा सयौं स्थानीयहरुको सहभागितामा सम्पन्न भएको हो ।

ऊक्त कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य बीना बराम,माओवादीबाट स्थानीय निर्वाचनमा उपाध्यक्षका उम्मेदवार पार्वती सापकोटा, नेकपा एमाले जिल्ला कमिटि सदस्य सविता बरामसहित गममांया सुनार, अमृता रोकाहा, सरोज भन्डारि, सिता बरामको नेतृत्वमा बिभिन्न टोलहरुबाट लामखुट्टेको लार्भा नष्ट गर्दै सरसफाईसहित फुल्पाति भन्ज्यांगमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा डेंगु रोग नियन्त्रण, लक्षणका बारेमा विस्तृत जानकारी वडा अध्यक्ष श्रेष्ठले गराएका थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.