Share Icon

४फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ का हरी अधिकारी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय नेत्रावती डबजोङ गाउँपालिका स्थित वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन पश्चात अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरुलाई निरन्तरता दिदैँ अघि बढीरहनुभएको छ ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

उहाँले वडामा रहेका वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै खेतीयोग्य जमिनहरुको माटो परीक्षण गरेर गाउँपालिकाको सहकार्यमा क्षेत्रअनुसार आलु, फलफुल तथा कफी उत्पादनमा जोड दिने बताउनुभयो ।

त्यसैगरी वडामा रहेका दुई जना कृषकहरुलाई परीक्षणका लागि पचास साठी वटा कागतीको विरुवा वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका वृद्धवृद्धाहरुलाई सहज हुनेगरी उहाँहरुले पाउने सामाजिक सुरक्षा भत्ता वडाको गाउँ तथा टोल टोलबाट वितरण गर्ने व्यवस्था मिलाएका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेसँगै तिन वटा गाउँपालिकाको सहकार्यबाट रोगहरुबाट बच्न स्वास्थ्यकर्मीहरुलाई सात दिने तालिम प्रदान गरीएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन विद्यालयहरुमा ल्याबहरुको व्यवस्था गर्दै उच्च मा.वी विद्यालयलाई नमुना बनाउनका हामी लागी परीरहेका छौँ ।”

वडामा रहेका युवा तथा महिलाहरुलाई सिलाई बुनाई सम्बन्धी तालिमहरु प्रदान गर्ने योजना रहेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

त्यसैगरी उहाँले वडामा रहेका सडकहरुलाई व्यवस्थापन गरेर आफ्नो कार्यकाल भित्र कालोपत्रे गर्ने योजना रहेको बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा कृषि क्षेत्रमा एक घर एक टनेल र वडाबासीहरुलाई आर्थीक रुपमा जोड्न डेरी स्थापना गर्दै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर नमुना अघि बढ्ने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon