सबैसँगको सहकार्यमा नमुना वडा बनाउछुः अध्यक्ष खड्का

Share Icon

२५ माघ काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका स्थित ७ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा निल बहादुर खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्षमा निल बहादुर खड्का एक अब्बल अध्यक्ष हुनुहुन्छ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष निल बहादुर खड्का अहोरात्र खटिरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ७ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याए सँगै विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य, शिक्षा, खानेपानि, कृषि, बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको  अध्यक्ष खड्काले बताउनुभयोे ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै अघिल्लो कार्यकालमा अधुरा रहेका विकास निर्माणका कामहरुलाई निरन्तरता दिदैँ आउनुभएको छ ।

वडाका सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा वैदेशिक रोजगारीको समस्या रहेको र यसलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा कृषिलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडामा विशेष प्राथमिकता कृषिलाई दिएसँगै वडाका प्रत्येक घरहरुलाई समेटेर खेतीयोग्य भएका जमीनहरु सबै घरहरुलाई खेती गर्नका लागि वडाले दश पन्ध्र वर्षका लागि सम्झौता गरेर बराबर रुपमा दिने र उत्पादन गर्न किसानहरुलाई प्रोत्साहन गरेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका किसानहरुलाई कृषि सम्बन्धी कार्यक्रमहरु सँगै अनुदान र विउविजनहरु वितरण गर्ने योजना रहेको बताउनुभयो ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर र विद्यार्थीहरुको मनोभावना बनाउन विद्यालयका प्र.अ. तथा व्यवस्थापन समीतीहरु सँग छलफल गरेर विद्यालयहरुमा धर्मगुरुहरु ल्याएर विद्यार्थीहरुलाई परामर्श दिने कार्यक्रम सम्पन्न गरेका छौँ ।”

वडामा भ्रष्टाचार नहोस भनेर टोल विकास समितीहरु गठन गरेर सडकका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

वडामा रहेका युवा तथा महिलाहरुलाई सिप मुलक तालिमहरुका साथै जनचेतनाका कार्यक्रमहरु गर्ने योजना रहेको उहाँले जानकारी बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका वडावासीहरु आर्थिक रुपमा जोड्न उहाँहरुले उत्पादन गरेका सामानहरु विक्री तथा खरीद गर्न वडामा हाटबजार स्थापना गर्ने योजना बनाएका छौँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसायीक क्षेत्रमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ, अध्यक्ष खड्काले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

हाम्रो जिम्मेवारी हो । समाज सेवा रोजेको छु समाज सेवामै समर्पित रहने छु । सदैव वडा बासिको हरेक सुख दुखमा साथ दिनेछु हाम्रो वडामा रहेका हरेक समस्याहरु समाधानका लागि निरन्तर लागि रहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.