Share Icon

३० असाेज, काठमाडाैं । ताप्लेजुङ्ग जिल्लाको पूर्वी भू-भागमा अवस्थित सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको छ।

साेही गाउँपालिका २ हजार ६ सय वर्ग किलाेमिटर श्रेत्रफलमा फैलिएको हाे। साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गाविसलाई समेटेर निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२ हजार ९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आय श्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ ।

धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा बढीमा मात्रमा पर्यटकीय, जैविक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरु रहेका छन् । साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा बाहेक सबै वडाहरुमा मोटरबाटो विस्तार भसकेको छ ।

सिदिङ्वा गाउँपालिका- १ का  वडा अध्यक्ष गाेपाल बानियाँले २ वर्षभित्रमा विद्युतकाे केन्दीय लाइन विस्तारकाे काम सम्पन्न हुने बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । साेही वडामा हाल २ वटा माइक्राे हाइड्राे मार्फत विद्युत वितरण भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

सडककाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले बताउनुभयाे ।अहिले सडक सुचारू भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै वर्षाकाे समयमा सडकमा सवारी साधन संचालन गर्न कठिनाइ भइरहेकाे पनि उहाँकाे भनाइ छ।  स्वास्थ्य क्षेत्र सुधार उन्मुख रहेकाे र जनताले सहज रूपमा नै उपचार गरिरहेकाे उहाँले बताउनुभयाे । स्वच्छ खानेपानी वडावासीकाे घर-घरमै पुगेकाे पनि उहाँले बताउनुभएकाे छ।

कृषिमा यहाँ मुख्य रूपमा आलु, मकै, काेदाे, चिराइताे र पशुपालन रहेकाे पनि उहाँले बताउनुभयाे । आलुमा आत्मनिर्भर भएकाे पनि उहाँकाे तर्क छ । साथै लगानी बढाउने याेजना भइरहेकाे पनि उहाँकाे भनाइ छ। साथै युवा लक्षित राेजगारका कार्यक्रमहरू संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

पर्यटन क्षेत्रकाे सम्भावना भएकाे बताउँदै उहाँले यसै वडामा रहेकाे टिम्बुङ्ग पाेखरीलाई पर्यटकीय क्षेत्र बनाउने याेजना भइरहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ। यहाँ ३ वटा हाेम स्टे बनाएकाे र ६ किलाेमिटर पदमार्ग पनि बनाइएकाे उहाँले जानकारी गराउनुभएकाे छ ।

यस वडामा ३ वटा सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । साेही  विद्यालयमा विद्यार्थीकाे अभाव रहेकाे पनि उहाँले  जानकारी गराउनुभएकाे हाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे छ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभएकाे छ ।

साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले २ कराेडकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष बानियाँकाे दावी छ।

Facebook Comments Box

Share Icon