Share Icon

काठमाडाैं । मधेश प्रदेशकाे बारा जिल्लामा रहेकाे आदर्श काेटवाल गाउँपालिका वडा नम्बर १ ले विकासकाे फड्काे मारिरहेकाे छ ।

वडाकाे चौतर्फी रूपमा विकास भइरहेकाे स्थानीयहरू बताउछन् । वडावासीका अनुसार अघिल्लाे कार्यकालभन्दा याे कार्यकालकाे दाेस्राे वर्षमै विकासले तीव्र गति लिएकाे छ ।

साेही विकासलाई मध्येनजर गरी जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएकाे छ वडा नम्बर १ का वडा सनिल प्रसाद कुशवाहा ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष कुशवाहाले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।

वडा अध्यक्ष कुशवाहाले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे । उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो ।

वडाकाे शैक्षिक गुणस्तरकाे सुधार्न विभिन्न काेणबाट प्रयास भइरहेकाे पनि उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे,’ वडामा रहेका विद्यालयमा भवन निर्माण गरिनुका साथै झ्याल र ढाेका निर्माण गरिनुकाे साथै रंगराेगन पनि गरिएकाे छ, धाराकाे व्यवस्था गरिएकाे छ,।’

त्यस्तै उहाँले वडाभित्र सञ्चालित विकासका ठूला आयोजना पनि अघि बढाइएको बताउनु भयो। वडाका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

उहाँले वडामा रहेका स्थानीयवासीको मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । कृषिलाई सफल बनाउन सिँचाइकाे लागि विद्युतीयकरणका काम जाेडताेडले भइरहेकाे वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयाे । कृषिलाई थप प्रभावकारी बनाउन पानी बग्ने कुलाेकाे पनि मर्मतसंभार गरिएकाे उहाँले बताउनु भयाे ।

रातिमा वडामा उज्यालाेकाे व्यवस्थाकाे लागि साैर्य लाइटकाे पनि व्यवस्था गरिएकाे उहाँले जानकारी दिनुभयाे । विशेष गरेर कृषि क्षेत्रलाई प्रभावकारी बनाएर युवालाई राेजगारीकाे अवसर प्रदान गर्ने याेजना बनाइएकाे उहाँले बताउनु भयाे।

स्वास्थ्यलाई मध्येनगर गरी वडा कार्यालयले सरसफाइमा पनि ध्यान दिएकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘वडामा बर्थिङ सेन्टरकाे पनि व्यवस्था गरिएकाे छ।’

उहाँले वडावासीलाई बाढीबाट जाेगाउन विभिन्न स्थानमा तटबन्ध पनि गरिएकाे जानकारी दिनुभयाे । साथै उहाँले महिलालाई लक्षित गरी सिलाइकटाइ र क्षमतावृद्दि लगायतका कार्यक्रम तथा याेजना बनाइएकाे बताउनु भयाे ।

वडा विकास निर्माणको काममा एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’चुनवामा गरिएको प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएको छ।’

तर उहाँले गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा जितेकाहरूकाे बहुमत भएकाेले बेला बेलामा अलि काम गर्न गाह्राे हुने गरेकाे गुनासाे गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘पालिकामा हाकिम नहुँदा अहिलेसम्म वडाकाे खाता पनि सञ्चालन भएकाे छैन्, बजेट पनि विनियाेजन भएकाे छैन्, जसले गर्दा विकासकाे काममा केही धक्का लागेकाे छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक योजनानमा अनुगमनलाई तीव्रता दिइएको बताउनु भयो । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर योजना बनाइएको बताउनु भयो ।

Facebook Comments Box

Share Icon