Share Icon

१० फागुन,काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष गंगा बहादुर खत्री स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष गंगा बहादुर खत्री वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष खत्री अहोरात्र खटिरहनु भएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष गंगा बहादुर खत्री ।

वडा अध्यक्ष खत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

वडा अध्यक्ष गंगा बहादुर खत्री पहिले महालेखा परिक्षक कार्यालयमा आबद्ध रहेर १० वर्षको अनुभव लिएर अहिले वडा अध्यक्षमा रहेर जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गंगा बहादुर खत्री बताउनुभयोे ।

उहाँले भन्नुभयो,  ” वडामा सडकलाई पहिलो प्राथमिकता दिदै कुनै बाटो ढलान गर्ने, कुनै ठाउँमा कालोपत्रे गर्ने, विपत व्यवस्थापन गर्नको लागि तार जालि लगाउने योेजनामा रहेको छ । ”

त्यसै गरी कृषिलाई व्यवसायमय बनाउन तरकारी खेति गर्ने कृषकलाई प्लास्टिकको टनेल वितरण गरेको, आलुको विउँ वितरण गरेको ,कुन माटोमा कुन उत्पादन हुन्छ, त्यसको लागि माटो परिक्षण गर्ने र कृषकलाई मौरीको घार वितरण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षामा वृद्धि गर्नको लागि वडामा रहेका सामुदायिक विद्यालयमा शिक्षण तालिमको व्यवस्था गरेको , जेहेनदार विद्यार्थीहरुको लागि छात्रवृतिको व्यवस्था गरेको र विभिन्न कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष खत्रीको भनाई छ ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सुत्केरी महिलाहरुलाई पोषण भत्ताको व्यवस्था गरेको ,वडामा स्वास्थ्य सिविर सञ्चालन गरेर वडाबासीहरुलाई स्वास्थ्य सुबिधाहरु उपलब्ध गराईरहेको उहाँले बताउनुभयो ।

एकल महिलाहरुलाई लक्षित गर्दै आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने र बाख्राका पाठाहरु वितरण गर्ने योजनामा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” वडाको भवन नभएको भाडामा रहेर वडाबासीहरुलाई सेवा सुबिधा दिईरहेको र वडाको भवनको निमार्णको काम तीव्र गतिमा अगाडि भईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर २० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon