Share Icon

१७ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष रहम तुल्ला मियाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष मिया ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

उहाँले भन्नुभयो, ” वडामा विशेष जोड कृषिलाई दिदै कृषि सम्बन्धी तालिम बेमौसमी तरकारी खेती तालिम सञ्चालन भइरहेको, टनेलको स्थापना गर्ने , कृषि फर्मको स्थापना गर्ने योजनामा रहेको छ । “

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, टोल टोलमा रहेको बाटो सडकलाई ढलान गर्ने , ग्राभेल गर्ने काम भईरहेको र गाेरेटाे बाटाेकाे सिढी  बनाउने काम भईरहेको वडा अध्यक्ष मियाले बताउनुभयो ।

खानेपानीको क्षेत्रमा विशेष जोड दिदै एक घर एक धारा पुराउने काम लगभग अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
वडामा पहिलो प्राथमिकता शिक्षालाई दिदै शैक्षिक गुणस्तर कायम गर्न विद्यालयमा आवश्यक पर्ने भौतिक उपलब्धीमुलक क्षेत्रमा बजेट लगानी गरि निश्चित लक्ष्यका साथ सकारात्मक प्रतिफल आउने काममा लगानी गर्न विद्यालयलाई जिम्मा दिएर निरन्तर काम भईरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा वडाको स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था गरेर सुत्केरी महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने वातावरण सृजना गर्नको लागि निरन्तर काम अगाडि बढाईरहेका छौ ।

यो वडामा पर्यटकीय सम्भावना रहेकोले सिढी बाटो बनाउने, पुल बनाउने काम अगाडि बढाईरहेको उहाँले बताउनुभयो । त्यस्तै गरी धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पनि तेतिकै जोड दिदै वडामा धेरै मन्दिरहरु स्थापना गरेको वडा अध्यक्ष मियाले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
। वडा नम्बर २ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon