Share Icon

♥ हस्ता विष्ट

११ फागुन, काठमाडाैँ । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

कास्की जिल्लाको रुपा गाउँपालिका वडा नंं.३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपेन्द्र गौतम ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गौतम अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष गौतम भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गौतम बताउनुभयोे ।

वडा अध्यक्ष दिपेन्द्र गौतम पहिले शिक्षण पेसामा आबद्ध भए लगत्तै अहिले वडा अध्यक्षमा निर्वाचित भईसके पछि जनताको विकास र समृद्धिको लागि वडामा अहोरात्र खटिरहनुभएको छ ।

उहाँले भन्नुभयो,  ” वडामा स्वास्थ्यको क्षेत्रमा पहिलो प्राथमिकता दिदै स्वास्थ्य सम्बन्धि सचेतना तालिमहरु राख्ने, सिपमुलक तालिमहरु दिने, स्वास्थ्य रोगीलाई वडामै बोलाएर स्वास्थ्य सम्बन्धि जानकारी लिने, टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गर्ने कामहरु गरिरहेका छौ । ”

त्यसै गरी कृषिको क्षेत्रमा विशेष जोड दिदै कृषिलाई व्यवसायमय बनाउनको लागि कुखरा, बाख्रा र मौरी पालनको तालिम प्रधान गरेर रोजगारीसंग जोडेर व्यववसाय बनाउने योजनामा रहेको वडा अध्यक्ष गौतमले प्रष्ट पार्नुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्न विद्यालय र समुदायलाई जोड्न अभिभावक संग समन्वय गरेर उनिहरुको विचार धारणा अनुसार विद्यालयप्रति सकरात्मक प्रभाव पार्नको लागि बेला बेलामा विभिन्न बैठकहरु व्यवस्था गरेको उहाँले बताउनुभयो ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा महिलाहरुको स्वास्थ्य परिक्षणको लागि टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गर्ने र विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” महिलाहरुको लागि विभिन्न सिपमुलक सिलाई कटाई तालिमहरुको व्यवस्था गरेको छौ । त्यसै गरी युवाहरुको लागि विभिन्न खेलकुदको व्यवस्था गरेको उहाँले बताउनुभयो । ”

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon