Share Icon

३० फागुन,काठमाडौं  । राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ ।

पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा।पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।

२०७४ सालको स्थानिय चुनावमा वडा नम्बर १ मा वडा अध्यक्षकाे पदमा ७७ मतले मात्र पराजित हनुभएका यम बहादुर खड्का निरन्तर रुपमा समाज सेवामा लागी रहनुभएको छ ।

राप्ती सोनारी गाउँपलिका वडा नम्बर १ नम्बर वडामा २०७९ काे स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा यम बहादुर खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष यम बहादुर खड्काले जानकारी दिनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुुभयो, ‘स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छाैं ।

त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर सुधारको लागि निजि क्षेत्रका विद्यालयका शिक्षकलाई प्रोत्साहन बापत विभिन्न कार्यक्रमहरु राखेका छौ ।’

उहाँले भन्नुभयो, ‘वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी निरन्तर लागि परिरहेका छौ । वडाको चौचर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।’

वडाको मुख्य समस्या भनेको सिचाई रहेको जानकारी दिनुभयो । अबका दिनमा यो सिचाईको समस्या समाधान गर्न लागी रहेको जानकारी दिनुभयाे ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन ।

जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । अन्त्यमा वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon