Share Icon

१७ माघ , काठमाडाैँ । गोरखा जिल्ला स्थित सिरानचोक गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइरहेको छ ।

सिरानचोक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम प्रसाद वस्तीले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, वडामा सर्वप्रथम सम्पन्न गरेको भनेको काम लामा गाउँ देखि लोकमार्ग जाने दुई वटा गोरेटो बाटोको ढलानको काम सम्पन्न भएको ।

त्यसै गरी कृषि क्षेत्रको लागि कृषिलाई आधुनिकीकरण बनाउनलाई कृषि सहकारीलाई अनुदान दिएको , कृषकलाई रासायनिक मल ल्याउन गारो भएकोले निशुल्क मल ढुवानीको लागि गाडि व्यवस्था गरेको उहाँले बताउनुभयो ।

वडामा चौतर्फी विकासका योजनालाई समेटेर योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई समेटेर जनचेतनाका कार्यक्रम सँगै सिप मुलक कार्यक्रमहरु पनि राखेका छौँ ।”

उहाँले भन्नुभयो , वडामा साना तिना योजना तथा कार्यक्रमहरु धेरै रहेका छन । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ ।
आफनो कार्यकालमा यस वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
। वडा नम्बर ६ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon