Share Icon

सागर परियार

बर्दिया । बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नम्बर ७ का विद्यार्थीहरुलाई विद्यालय जान कठिन बन्दै गएकाे छ । पठनपाठनको लागि विद्यालय जाँदा आफ्नो ज्यानको बाजी नै लगाएर जानुपर्ने अवस्था देखिएकाे छ ।

वडा नम्बर ७ का सम्पूर्ण विद्यार्थीहरु विद्यालयमा बिहान पढ्न जाने समयमा रिङ्ग रोड भालुफाटादेखि सघर्ष नगरसम्म दाँया बाँया नर्सरी हुँदा जंगली हात्ती बाघ देखा पर्ने स्थानीय राम कुमार थारुले बताउनु भयाे ।

रात्रि कालिन समयमा जंगली जनावरहरु भाेक मेटाउन नर्सरी हुँदै स्थानीय किसानहरुको अन्न बाली नोक्सान गरिरहेकाे उहाँले बताउनु भयाे । विद्यार्थीहरु ज्यान जाेखिममा नै राखेर विद्यालय जानेका गरेका छन् ।

कक्षा सातमा अध्ययनरत केशरानी चाैधरीले बिहान पख चिसो धेरै हुने कुहिरो भएकाले विद्यालय जान समस्या भइरहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘कुहिराेमा टर्चले समेत काम नगर्दा कहि कतै जनावरसँग झम्का भेट हुन्छ कि भन्ने मनमा डर लागिरहेकाे हुन्छ।’

साे वडाका स्थानीय हरि थारुले त्यो ठाउँको लागि लाइटको व्यवस्था गरी दिन बारम्बार आग्रह गर्दा पनि अहिलेसम्म सुनवाइ नभएकाे बताउनु भयाे । लाइटकाे समयमै व्यवस्था नहुँदा वडावासीहरु आक्राेशित भएका छन् ।

Facebook Comments Box

Share Icon