Share Icon

२८ पाैष, काठमाडाैँ । गत वैशाखको स्थानीय तहको निर्वाचनमा बैजनाथ गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष पदमा दिनेश कुमार थारु निर्वाचित हुनुभएको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिनेश कुमार थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा विभिन्न कारणले विकास निमार्ण योजनाका कार्यहरु गर्न ढिला भयो, अब भने हामी योजनाका कार्यहरु तीव्र गतिमा गर्ने छौँ ।”

उहाँले भन्नुभयो, “हामीले वडामा स्वास्थ्य, शिक्षा, कृषि लगाएत लक्षित वर्गका कार्यक्रम र भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु राखेका छौँ ।”

वडामा सडकलाई पहिलो प्राथमिकतामा राखेर योजनाका कामहरु अगाडि बढाइएको उहाँले बताउनुभयो ।

उहाँले पौष महिनामा हिउँदे अधिवेशन कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, “वडामा रहेका विकास निमार्णका कामहरु सम्पन्न गर्नको लागि हामी एकसाथ लागि परिरहेका छौ र वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि पर्ने छौँ ।”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon