नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष मगर

Share Icon

♦ध्रुब कार्की

१२ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला स्थित सूर्यगढी गाउँपालिका नेपालको स्थानीय सरकारको रूपमा २०१७ (२०७३) मा समाहित भएको हो । सूर्यगढी गाउँपालिकाको सदरमुकाम नुवाकोट जिल्लाको चोकडे बजारमा अवस्थित छ ।

सूर्यगढी गाउँपालिका साबीकको लाछ्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान गाउँ विकास समितिलाई गाभेर गठन गरीएको छ । यस गाउँपालिकालाई हाल ५ वटा वडामा विभाजन गरिएको छ ।

सूर्यगढी गाउँपालिका स्थित ३ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा पिङ्गल बहादुर थापा मगर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष मगरले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष मगरले बताउनुभयो ।

वडा अध्यक्ष मगरले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएसँगै स्वास्थ्यको क्षेत्रमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेर वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने उद्देश्यका लागिपरीरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी उहाँले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयका भौतिक संरचनाहरु निर्माण गर्दै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

वडा नम्बर ३ मा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि सामाजिक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष मगर भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाको सबै क्षेत्रहरुलाई समेटदै, र् वडाबासीहरुको समस्यालाई सामाधान गर्दै आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.