जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष राई
१२ फागुन, काठमाडाैँ । नेपालको प्रदेश नम्बर १ स्थित सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका साविकका दिदिङ र मत्स्यापोखरी गाउँ विकास समितिको संयोजनबाट नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णय बमोजिम गठन भएको हो ।
साविकको दुई गा.वि.स. को केन्द्र नपर्ने हुँदा दुवै गा.वि.स. केन्द्रविन्दु चिचिला बजारमा केन्द्र राख्ने सहमतिमा यस गाउँपालिकाको नाम पनि चिचिला गाउँपालिका रहेको हो ।
चिचिला गाउँपालिका स्थित ३ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा जित बहादुर राई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
पछिल्लो समय चिचिला गाउँपालिका स्थित ३ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राई अहोरात्र खटिरहनु भएको छ ।
वडा अध्यक्ष राईले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष राईले बताउनुभयो ।
वडा अध्यक्ष राईले भन्नुभयो, “हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।”
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौँ । जे होस अरूभन्दा भरक ३ फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष जित बहादु राईले बताउनुभयो ।
३ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा अध्यक्ष राईले बताउनुभयो।
उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । उहाँले थप्दै भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।”
वडा अध्यक्ष राईले भन्नुभयो , बैंकमा दिनभरी लाईनमा बसेर बृद्धभत्ता लिन जाने समस्या वडा बासिहरुलाई यो बाट मुक्त गरेको छु । वडाबाटै यसको सुुविधा सहज तरिकाले गरेको मेरो पहिलो काम हो । निरन्तर रुपमा लागी परेको वडाबासीलाई हरेक काममा सहजता ल्याउन कसरी हुन्छ सहज बनाउने प्रयत्नमा छु ।’
वडा अध्यक्ष राईले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा बहुमतले जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’







