बजेटकाे अभावले विकास निमार्णका काम गर्न ढिलाई : वडा अध्यक्ष राेकाया

Share Icon

२१ असाेज, काठमाडाैँ । गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढिगंगा नदीको मुहान संग जोडिएको छ ।

साविकको दहकोट गाविस हुदै बाजुरा र अछाम जिल्ला भएर वग्ने वुढिनन्दा नदिको मुहान साविकको दहकोट गाविसमा रहेको जेठीवाहुरानी हिमालको फेदीबाट बग्दछ ।

उक्त मुहानबाट पानी निस्कदा गाईको मुख भित्रबाट निस्केको जस्तो देखिने आकृति भएकोले यस मुल लाई गाईको मुल अर्थात गौमुल भनिएको यो क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा प्राचिन काल देखि विश्वास गरिदै आएको स्थान भएको र वुढिगंगा नदिले हालको गौमुल गाउपालिकाको प्राय धेरै जसो स्थानलाई आफ्नो वहाव क्षेत्र वनाएकोेले उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको नामबाट यस गाउपालिकाको नामाकरण गरिएको पाईन्छ ।

बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये गौमुल गाउँपालिका दुर्गम र भौगोलिक रुपमा विकट गाउँपालिका हो ।

यस गाउँपालिकाको सिमाना पूर्वमा बुढिनन्दा नगरपालिका, पश्चिममा बझागं जिल्ला, हिमाली गाउपालिका र बझागं जिल्ला र दक्षिणमा बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका सँग जोडिएको छ ।

सुदुरपश्चिम प्रदेश बाजुरा जिल्लामा अवस्थित गाैमुल गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष देब बहादुर राेकायाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गाैमुल गाउँपालिका वडा नं.२ मा पालिकाबाट जम्मा बजेट ७० लाख, प्रदेशबाट ५ लाख र संघबाट १० लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष देब बहादुर राेकायाले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष देब बहादुर राेकाया।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष राेकायाले बताउनुभयोे ।

वडा अध्यक्ष राेकायाले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र नयाँ बाटोहरूकाे ट्रयाक खाेल्ने याेजनामा रहेकाे छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष राेकायाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ ।

वडा अध्यक्ष देब बहादुर राेकायाले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.