२४ सै घण्टा जनताकाेबीचमा रहेर काम गर्दै वडा अध्यक्ष घनराज सुनुवार

Share Icon

२१ असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ।

जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र  क्षेत्रफल  १४४.६० वर्ग किलाेमिटर रहेको छ। यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ। साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की र भुजेल लगायतका अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। साेही गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ।

थुलुङ दुधकोशी गाउँपालिका-१ का वडा अध्यक्ष घनराज सुनुवारले ५ सय घरधुरीमा खानेपानी पुर्याइसकिएकाे बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै ४ कराेड लगानी गरेर खानेपानीकाे   काम सब डिभिजन मार्फत भइरहेकाे पनि बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। 

जेष्ठ नागरिक, अपांग र असक्त नागरिककाे घरमै पुगेर स्वास्थ्य कर्मीले उपचार गर्ने व्यवस्था गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । यस वडामा धेरै जसाे सडक बाह्रै महिना संचालन भएकाे र केही सडक भने वर्षाकाे समयमा बन्द हुने गरेकाे उहाँकाे तर्क छ । कृषि क्षेत्रलाई अगाडि बढाउन विशेष जाेड दिएकाे पनि उहाँकाे भनाइ छ ।

दैविक प्रकाेपका कारण कृषि क्षेत्रमा गर्ने क्षतिलाई मध्येनजर गर्दै मकै बालीमा बीमा गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । थुलुङ दुधकोशी गाउँपालिकामा १० कराेडकाे बाहिरबाट तेल आयात भएकाे र यसलाई राेक्नका लागि ताेरी बाली पनि गरिएकाे पनि उहाँले बताउनुभयाे ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । विदेश जाने युवालाई राेक्नका लागि राेजगारीका उद्याेग खाेल्ने पनि उहाँकाे तर्क छ।

केन्द्रीय प्रसारण लाइन मार्फत विद्युत वितरण भएकाे उहाँले बताउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

पर्यटन क्षेत्रलाई हवकाे रूपमा विकास गर्ने याेजनामा रहेकाे पनि उहाँले बताउनुभयाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ८३ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष सुनुवारकाे दावी छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.