ब्रोइलर पालनबाट मनग्य आम्दानी गर्दै राजाराम

Share Icon

प्रशिक्षार्थी सिमा चौधरी

७ चैत्र ,राजापुर-२ (जोतपुर)  ।  बर्दिया  राजापुर नगरपालिका वडा नं २ मा बसोबास गर्ने राजाराम थारुले दुई वर्ष देखि ब्रोइलर पालन गर्दै आएका छन।

थारुले धेरै वर्ष देखि घरमा ब्रोइलर फर्म र सुँगुर पालन गर्नुभएकाे हाे । खाली रहेको घरमा बसेर घर धनिको सहयोगमा आफ्नो व्यवसाय सञ्चालन गरेको थारुले बताउनुभयो ।

पहिलो पटक एक लाखको ब्रोइलर पालन गर्दा उहाँलाई धेरै नोक्सानी भएको बताउनुभयो। पुन उहाँले एक लाखको ब्रोइलर पालन गर्दा पहिलाको भन्दा अहिले धेरै फाइदा भएको बताउनु भएको छ।

राजाराम थारू  माछा पालन पनि गर्नुहुन्छ । उहाँले भन्नुभयाे , ‘अहिले माछा राखेकाे छैन अब पानि राखेर माछा राख्ने तयारीमा छाै । ‘

थारुले बताउनुभयो निर्धन उत्थान वित्तिय लिमिटेड संस्था बाट दुई लाख रुपैया ऋण लिएर व्यावसाय सञ्चालन गरेको बताउनुभयो।
श्री कृष्ण जातको ब्रोइलर एक खोरमा ६०० वटा ब्रोइलर पाल्नु भएको छ।

दुई खोरमा सुँगुर पालन गर्नु भएको छ । एक जना साहुले थोक मा ब्रोइलर लैजानु हुन्छ भने सुँगुर स्थानीय बजारमा बेच्नु हुन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.