Share Icon

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ काे कार्यालयले वडामा ज्येष्ठ नागरिक दिवा मनोरञ्जन सेवा कार्यक्रम सञ्चालन गर्न लागेकाे छ।

गाउँपालिकाकाे सबै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार ५ नम्बर वडामा पनि दिवा सेवा केन्द्र सञ्चालन गर्न लगिएकाे छ ।

“जीवित इतिहासको रुपमा रहेका ज्येष्ठ नागरिकहरु एक आपसमा भेटघाट भई आफ्ना अनुभवको आदानप्रदान गर्न सकून् भन्ने उद्देश्यले केन्द्रको सञ्चालन गर्न लागेका हौँ”, वडा अध्यक्ष राजन खनालले भन्नुभयाे ।

उहाँले देउराली बजारमा रहेको रेड्क्रसको भवन र देउराली फेदीमा रहेको दोभान आमा समुहको भवनमा ज्येष्ठ नागरिक दिवा मनोरञ्जन सेवा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयाे ।

वडा अध्यक्ष खनालले दिवा सेवा केन्द्र सञ्चालन गराउन प्रारम्भिक चरणको आवश्यक सामाग्री व्यवस्थापन गरिएको बताउनु भयाे । उहाँले केहि दिनमै दिवा सेवा केन्द्र सञ्चालन हुने जानकरी दिनुभयाे ।

विशेष गरी बाक्लो बस्ती भएका र सबैलाई पायक पर्ने स्थानलाई प्राथमिकतामा राखेर वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिने वडा अध्यक्ष खनालले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon