Share Icon

काठमाडाैं । लुम्बिनी प्रदेश बर्दियाको मधुवन नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मिन बहादुर थापा।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष थापाले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष थापाले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।उहाँले भन्नुभयाे, ‘ओराली ठाकुरद्वारा बाटाे मधुवन नगरपालिकाे रणनीतिक बाटाे हाे, याे पर्यटनसँग पनि प्रत्यक्ष जाेडिएकाे बाटाे हाे, यसकाे हामीले पहिलाे वर्षमा नै टेण्डर गरिसकेका छाैँ, र केही काम पनि भइरहेकाे छ, र  बाँकी कामलाई उच्च प्राथमिकता राखेर अगाडि बढाइसकेका छाै।’

त्यस्तै उहाँले कैलासी पत्थरबोझी बाटाेलाई पनि उच्च प्राथमिकता दिएर काम अगाडि बढाइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘याे बाटाेलाई डीपीआ र गरेर बहुवर्षीय याेजनामा लैजाने काम भइरहेकाे छ।’

त्यसैगरी उहाँले शिक्षा तथा स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर विभिन्न कार्यक्रम तथा याेजना बनाइएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘अहिले पनि समाज  शिक्षा र स्वास्थ्यबाट पिछडिएकाे छ, त्यसकारणले यस वर्ष यसमा बढी लगानी गरेका छाैं।’

उहाँले यस वडामा गुणस्तरीय शिक्षाकाे लागि कुनै कसर बाँकी नराखिएकाे बताउनु भयाे । त्यस्तै उहाँले  बाटोघाटो तथा ग्राभेलकाे काम पनि तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे । उहाँले भाैतिक संरचना निर्माणकाे साथै समाज परिवर्तनकाे लागि पनि विभिन्न याेजना तथा कार्यक्रमहरू बनाइएकाे बताउनु भयाे ।

उहाँले समाज परिवर्तकाे लागि बाल विवाह न्युनीकरण तथा छुवाछुत लगायतका क्षेत्रमा पनि वडाले विभिन्न याेजना तथा कार्यक्रमहरू बनाएकाे जानकारी दिनुभयाे । त्यस्तै जीवीकाेपार्जनसँग जाेडिदै वडावासीलाई अगाडि लैजाने गरी काम भइरहेकाे जानकारी दिनुभयाे।

उहाँले भन्नुभयाे, ‘अहिले अधिकांश युवा विदेश पलायन भइरहेका छन्, त्यसलाई राेक्न व्यवसायिक कृषि खेतीतर्फ लाग्न वडावासीलाई प्राेत्साहित गर्ने काम भइरहेकाे छ।’

त्यसैगरी उहाँले याे वडा पर्यटनकाे दृष्टिकाेणले प्रचुर सम्भावना बाेकेकाे क्षेत्र रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘पर्यटनकाे दृष्टिकाेणले अन्य ठाउँभन्दा याे धेरै फरक ठाउँ हाे, यहाँ सहजै तपाईंले बाघ, गैँडा, हात्ती लगायतका जंगली जनावरहरू बथानका बथान देख्न सक्नु हुन्छ,  सायद तपाईं बर्दिया राष्ट्रिय निकुञ्जमा जानु भयाे भने यति सजिलाे देख्न पाउनु हुन्न, तर याे क्षेत्रमा सहजै तपाईंले बाघ, गैँडा, हात्ती लगायतका जंगली जनावरहरूकाे अवलाेकन गर्न सक्नु हुन्छ।’

याे क्षेत्रमा पर्यटकहरूकाे लागि हाेमस्टे पनि रहेकाे उहाँले बताउनु भयाे।  उहाँले भन्रुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।’ उहाँले निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेकाे जानकारी दिनुभयाे ।

उहाँले भन्रुभयाे, ‘राजनीति जीवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत तथा संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाँचाबाट निराश हुन दिने छैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु, यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon