जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहेका छौं : वडा अध्यक्ष बराल
८ फागुन, काठमाडाैँ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष रुद्रनाथ बराल ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रुद्रनाथ बराल अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बरालले बताउनुभयोे ।
।
वडा अध्यक्ष बराल भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
उहाँले भन्नुभयो, ” पुर्व अध्यक्षको कार्यकालको आधा अधुरा कामहरु सम्पन्न गर्दै कतिपय नँया योजनाहरु सम्पन्न गरिसकेको र बाकी योजनाहरु सुचारु गर्ने योजनामा रहेको छ । ”
उहाँले भन्नुभयो, ” बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ढलान गर्ने कामहरु तीव्र गतिमा भईरहेको छ । त्यसै गरी महिलाहरुको लागि सिपमुलक तालिमहरु र बालबालिकाहरुलाई बाल विकास तालिमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो । ”
त्यसै गरी प्रत्येक हप्तामा टोल विकास तथा उपभोक्ता समिति मार्फत टोल टोलमा गएर सरसफाईका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौ । जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम तथा स्वास्थ्य परिक्षण गर्ने योजनामा रहेको वडा अध्यक्ष बरालले प्रष्ट पार्नुभयो ।
कृषिको क्षेत्रमा कृषकहरुलाई कृषि सम्बन्धि विभिन्न तालिमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो । वडामा धेरै योजनाहरु रहेका छन् । ति योजनाहरु सम्पन्न गर्नको लागि वडा अध्यक्ष बराल अहोरात्र खटिरहनुभएको छ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







