Share Icon

१ फागुन, काठमाडाैं ।    नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष जय प्रसाद पौडेल ।

ठाकुरबाबा नगरपालिका वडा नं.६ का  जय प्रसाद पौडेल वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. ६ को अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष हुनुभएको छ ।

पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ । अहिले यो वडामा धेरै परिवर्तन आएको छ ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ६ का अध्यक्ष जय प्रसाद पौडेलले बताउनुभयोे ।

सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा भौतिक पुर्वाधारहरु सडक लगाएत खानेपानि, शिक्षाको समस्या रहेको यसलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष पौडेलले बताउनुभयो।

वडा अध्यक्ष पौडेलले भन्नुभयो , मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं ।

समग्र वडाबासिलाई समेटेर वडाको गतिबिधि गरिरहेको र वडाको काम गर्न आफु इमान्दार भएमा त्यति गाह्रो भने नरहेकोे साथै वडा बाहिर रहेर सोचे जस्तो सहज पनि नरहेको वडा अध्यक्ष पौडेले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक भएको कारणले जंगली जनावरको प्रकोप वडा नम्बर ६ मा बढि क्षति हुने गरेको साथै हिउँदे बाली किसानले खान नपाउने यसलाई रोक्न नगरपालिका बाट र वडाबाट पहल गरेको जानकारी दिनुभयो ।

वडाकाे बजेट ४९ लाख ६९ हजार रहेकाे तथा वडाले शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर १२ लाख बजेट बिनियाेजन गरेकाे वडा सचिव खुसीराम चाैधरीले वडा खबरलाई जानकारी दिनुभयाे ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । वडाबासीहरूलाई निरास हुन दिने छैन वडाका सम्रग बिकासकाे लागी परेकाे छु ।

Facebook Comments Box

Share Icon