Share Icon

काठमाडाैं । दोर्दी गाउँपालिका वडा नम्बर ९ काे कर्यालयले भाेलि मौरीसहित घार वितरण गर्न लागेकाे छ ।

वडा अध्यक्ष आशिष तामाङले गाउँपालिकाे समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङ्गको सहयोगमा आ.व.२०७९/०८० को स्वीकृत कार्यक्रमबाट भाेलि २ सयभन्दा बढी माैरीसहितकाे घार वितरण गर्न लागिएकाे जानकारी दिनुभयाे ।

उहाँले वडा नम्बर ९ हिलेटक्सारमा मौरी पकेट कार्यक्रम सञ्चालन कार्यक्रम अन्तर्गत मौरी सहितको घार वितरण गर्न लागिएकाे बताउनु भयाे ।

उहाँले किसानको घरमा एक घार भए पनि निर्वाहमुखी भएको भन्दै व्यावसायिक मौरीपालन गर्न सघाउ पुर्‍याउने योजनाका साथ मौरी सहितको घार वितरण गर्न लागिएकाे जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon