‘फक्ताङलुङ गाउँपालिका-७ लाई अझै पनि सडकले छुन सकेन’

Share Icon

२४ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो ।

वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ ।

यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिकासम्म फैलिएको छ ।

फक्ताङलुङ गाउँपालिका-७ का वडा अध्यक्ष छेतेन लामा शेर्पाले अहिलेसम्म यस वडामा सडकले छुन नसकेकाे बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे। तर सडक बनाउने याेजनामा रहेकाे उहाँकाे भनाइ छ। खचडकाे भरमा यहाँका नागरिकले खाद्यान्न ढुवानी गरिरहेकाे पनि उहाँले बताउनुभयाे। भाेतिक पूर्वाधारकाे पुनर्निर्माणकाे काम भइरहेकाे पनि उहाँले बताउनुभयाे।

सामुदायिक भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले २ कराेट बजेट दिएकाे उहाँले जानकारी गराउनुभयाे। साथै यस वर्ष भने  साेही मन्त्रालयले ५० लाख बजेट छुट्याएकाे पनि उहाँले बताउनुभयाे । १८-२५ वर्ष उमेर समूहका युवा लक्षित कार्यक्रमहरू पनि भइरहेकाे उहाँले बताउनुभयाे। पर्यटकीय क्षेत्र बनाउनका लागि विशेष काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे। यहाँ पर्यटन क्षेत्रकाे प्रचूर सम्भावना भएकाे पनि उहाँकाे भनाइ छ। यहाँ पशुपाल बढी मात्रमा गरिने पनि उहाँले बताउनुभयाे ।

सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर साेचे जस्ताे नभएकाे पनि उहाँले स्वीकार गर्नुभयाे। खानेपानी सबै वडावासीकाे घर-घरमै पुर्याएकाे उहाँले जानकारी गराउनुभएकाे छ। स्वास्थ्य चाैकी र वडा कार्यालयकाे भवन निर्माण गरिएकाे पनि उहाँले बताउनुभयाे ।

विद्युतकाे  पहुँच सबै वडावासीका घर-घरमै पुगेकाे पनि उहाँले बताउनुभयाे । २०७२ सालकाे भूकम्पले भत्काएका गुम्बाकाे पुनर्निर्माणकाे काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।

साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ७ लाई पालिकाले २५ लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो। बजेट अभावका कारणले विकास निर्माणका कतिपय याेजनाहरू पूरा हुन नसक्ने पनि उहाँकाे तर्क छ।

अन्त्यमा निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे पनि अध्यक्ष शेर्पाकाे दावी छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.