कृषिलाई व्यवसायमय बनाउँदै वडा अध्यक्ष अधिकारी
२४ असाेज, काठमाडाैँ । सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा.वि.स.मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो ।
७२ं.०३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ ९जनगणना २०६८० छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकोमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धोषणा भएको हो ।
गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दर बजार नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
सुन्दर बजार नगरपालिका वडा नं.४ मा पालिकाबाट जम्मा बजेट ५० लाख ४७ हजार, प्रदेशबाट २५ लाख र संघबाट ३ कराेड ८० लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा कृष्ण प्रसाद अधिकारी ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।
वडा अध्यक्ष अधिकारीले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भइरहेको र कुनै बाटाे कालाेपत्रे गर्ने काम भइरहेकाे छ ।”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा स्कुल बस व्यवस्थापन र अटाे व्यवस्थापनकाे लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले प्रष्ट पार्नुभयाे ।
उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेको र साथै कृषिलाई व्यवसायमय बनाउनकाे लागि थाइ टनेलहरू निमार्ण गरेकाे छौँ ।”
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र हजार दिने महिलाहरूलाई पाेषण कार्यक्रम राखेकाे वडा अध्यक्ष अधिकारीकाे भनाइ छ ।
त्यसै गरी महिला तथा युवाहरूलाई लक्षित गर्दै विभिन्न वडा स्तरीय खेलकुद दशै तिहारकाे बिचमा सञ्चालन गर्ने याेजनामा रहेकाे वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे ।
वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।