‘ताप्लेजुङ्गकाे सिदिङ्वा गाउँपालिका-७ अन्धकारमय’
२८ असाेज, काठमाडाैं । ताप्लेजुङ्ग जिल्लाको पूर्वी भू-भागमा अवस्थित सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको छ।
साेही गाउँपालिका २ हजार ६ सय वर्ग किलाेमिटर श्रेत्रफलमा फैलिएको हाे। साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गाविसलाई समेटेर निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२ हजार ९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आय श्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ ।
धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा बढीमा मात्रमा पर्यटकीय, जैविक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरु रहेका छन् । साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा बाहेक सबै वडाहरुमा मोटरबाटो विस्तार भसकेको छ ।
सिदिङ्वा गाउँपालिका-७ का वडा अध्यक्ष लक्षुमण तामाङले विद्युतकाे सुविधा नभएका कारण अन्धकारमा बस्न बाध्य भएकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले विद्युतकाे सुविधा नभएका कारण यस वडावासी अन्धकारमा बस्न बाध्य भएकाे बताउनुभएकाे हाे । याे अन्धकारलाई उज्यालाे बनाउनका लागि पहल भइरहेकाे पनि उहाँकाे भनाइ छ।
सडककाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि बताउनुभएकाे हाे। वर्षाकाे समयमा ३ महिना सडकमा सवारी साधन संचालन नहुने पनि उहाँले बताउनुभयाे । तर बाँकी ९ महिना भने सडकमा निर्वाध रूपमा सवारी साधन संचालन नहुने पनि उहाँले जानकारी गराउनुभयाे ।
स्वास्थ्य क्षेत्रमा संकट नै रहेकाे बताउँदै उहाँले प्राथमिक स्वास्वाथ्य चाैकी निर्माण गर्नका लागि प्रदेश र संघीय सरकारले कुल ३५ लाख बजेट दिएकाे पनि जानकारी गराउनुभयाे । हाल यस वडामा रूघा-खाेकीका बिरामी बढेकाे पनि उहाँले बताउनुभयाे। स्वच्छ खानेपानीकाे समस्या रहेकाे बताउँदै उहाँले समाधानकाे पहल भइरहेकाे उहाँले बताउनुभएकाे छ।
यस वडाका कृषकले विशेष गरेर चाैरी गाई, भेडा र बाख्रापालन गर्ने र अलैंची खेती बढी मात्रमा गर्ने पनि उहाँकाे भनाइ छ। साथै यस वडालाई अलैंची जुन भनेर घाेषणा गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । कृषि क्षेत्रमा गत वर्ष ८५ लाख बजेट विनियाेज गरिएकाे र यस वर्ष भने बजेट विनियाेजन नागरिएकाे पनि उहाँकाे भनाइ छ। साेही वडामा कृषि उत्पादनकाे बजार व्यवस्थापनकाे अभाव रहेकाे उहाँले बताउनुभयाे । यस वडा प्राकृतिक स्राेत साधनले भरिपूर्ण भएकाले पर्यटन क्षेत्रकाे सम्भावना रहेकाे उहाँकाे भनाइ छ। पर्यटन क्षेत्रलालाई अघि बढाउने याेजना भइरहेकाे पनि जानकारी उहाँले गराउनुभएकाे छ।
सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे अभाव नएकाे पनि उहाँले जानकारी गराउनुभएकाे हाे । विद्यालयमा पुस्तकालयकाे व्यवस्था गरिएकाे र बालमैत्री शिक्षा पनि संचालन गरिएकाे पनि उहाँकाे भनाइ छ। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।
२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे।
साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ७ लाई पालिकाले ४० लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। साथै १ कराेड ६ लाखकाे लागतमा वडा कार्यालयकाे भवन निर्माण भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष तामाङकाे दावी छ।