Share Icon

२४ असाेज, काठमाडाैँ । सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा.वि.स.मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो ।

७२.०३ बर्ग कि.मि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ ९जनगणना २०६८० छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकोमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धोषणा भएको हो ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दर बजार नगरपालिका वडा नंं. ९ का वडा अध्यक्ष मनराज गुरूङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

सुन्दर बजार नगरपालिका वडा नं.९ मा पालिकाबाट जम्मा बजेट ६६ लाख ९५ हजार ५ सयँ ७४  र संघबाट ५० लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष मनराज गुरूङले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मनराज गुरूङ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयोे ।

वडा अध्यक्ष गुरूङले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भइरहेको छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेको छौँ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष मनराज गुरूङले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon