Share Icon

काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनाएको छ । पहिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट भएका हुन् । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अविजित ३६ र कप्तान रोहित पौडेल अविजित पाँच रन बनाउँदै क्रिजमा छन् । कुशलले ३२ बलको सामना गरी एक छक्का र चौका हिर्काएका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । क्यानडा र नेपालबिच तीनवटा एक दिवसीय खेलको शृंखला हुनेछ ।

Facebook Comments Box

Share Icon