२८ फागुन,एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताउनुभएको छ । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताउनुभएको हो ।
“अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले भन्नुभएको छ । यद्यपिह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उहाँले स्वीकार गर्नुभएको छ ।
अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेहो आरोप भेनेजुएलाका राष्ट्रपतिले लगाउनुभएको छ ।
उहाँले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको बताउनुभयो । अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेका बताउनुभयो ।
Related posts:

मिसाइल ट्र्याकिङ प्रविधि चोरी गरेको आरोपमा एक चिनियाँ अमेरिकामा पक्राउ

चीनको स्वास्थ्य क्षेत्रमा व्यापक भ्रष्टाचारका घटनाहरूको खुलासा

युएईमा विशाल हिन्दु मन्दिर निर्माण, आज मोदीले उद्घाटन गर्ने

चीनले पाकिस्तानदेखि केन्यासम्मका दर्जनौं देशलाई दियाे ऋण तिर्न चेतावनी

