अविरल वर्षाका कारण कल्भटमा क्षति पुगेपछि वडा अध्यक्ष पुगे अनुगमनमा

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा अविरल वर्षाका कारण पुरानो कल्भटमा क्षति पुगेकाे छ ।
वडा अध्यक्ष राजन खनालका अनुसार यस वडाकाे फेदिको साबिक पुरानो कल्भट अविरल वर्षाको कारण आपुखोलाको खहरे बाढीले क्षति पुर्याएकाे छ ।
उहाँले कल्भटमा क्षति पुगेकाे स्थानमा अनुगमन गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘सम्भावित विपत्ति व्यवस्थापनका लागि रुपा गाउँपालिकाको अध्यक्षसहितको टोलि अनुगमनमा कहि कतै मानवीय छति र आशा खेती योग्य जमिन र अन्य पुर्वाधार विकासका संरचना फेदि लगायतका आसपासका बस्ती स्तरमा अपुरणीय छती हुन नदिन सबै असल नागरिकबाट सल्लाह सुझावसहित निर्माण कार्य अगाडि बढाइने र मोटेरेवल पुल तथा आसपासका जग्गादाताहरुको जग्गा संरक्षणको कार्य अगाडि बढाइने छ।’
Facebook Comments Box
