सम्रग वडाको विकासमा लागिरहेको छाैं : अध्यक्ष तामाङ

Share Icon

२ फागुन, काठमाडाैं ।    बागमति प्रदेश वैतेश्वर गाउँपालिका नेपालको संविधानको धारा २९५ को उपधारा ९३० बमोजिम स्थापना भएको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो ।

बैतेश्रर गाउँपालिका वडा नम्बर ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा अशोक तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

पछिल्लो समय बागमति प्रदेश स्थीते बैतेश्रर गाउँपालिका वडा नं। ६ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ् अहोरात्र खटिरहनु भएको छ।

बैतेश्रर गाउँपालिका वडा नंं ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अशोक तामाङ्।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अशोक तामाङले बताउनुभयो।

६ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ६ का अध्यक्ष अशोक तामाङले बताउनुभयो।

वडा अध्यक्षमा निर्वाचन हुनुभन्दा पहिले समाजसेवामा सक्रिय रहनुभएका तामाङ अहिले पनि विभन्न संघ संस्थामा आबद्ध रहनुभएको छ ।

हाम्रो वडाको समस्या बैदेशिक रोजगारमा युवा पिडि बढि जानु हो । वडामा अहिले बुढापाखाहरु मात्र रहेको यसलाई रोक्न हाम्रो वडाले यस विषलाई गम्भिर भएर छलफल गरिरहेको वडा अध्यक्ष तामाङ्ले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छु।

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.