Share Icon

१३ भदौ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुनाका साथै नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गर्नुभएको हो ।

Facebook Comments Box

Share Icon