वडाको चौतर्फी विकास गर्दै अध्यक्ष घले
९ माघ, काठमाडाैं । जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फरेको छ । पछिल्लो समय वडा नम्बर १ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष धन ब. घलेले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष घलेले बताउनुभयो ।
पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरेका छौ ।
स्थानिय तहको निर्वाचन भएर आएपछि सर्वप्रथम वडामा गोरेटो बाटो भन्ने सकडको निमार्ण काम सम्पन्न भएको छ । त्यस्तै कुनै ठाउँहरुमा पुलको निमार्ण गरेर सवारी साधन चल्न सहज सक्ने बाटो बनाएका छौ ।
त्यस्तै खानेपानिको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि कामहरु भईरहेको छ । उहाँले विभिन्न चाडपर्व, चुनावको माहोलले कामहरु सम्पन्न गर्न नसकिएको जानकारी दिनुभयो । सबै योजना तथा कार्यक्रमहरु तर्जुमा भईसकेका छन ।
उक्त योजना तथा कार्यक्रमहरु बैशाख सम्म सक्ने लक्ष्य राखेका छौ । उहाँ पहिले वडा सदस्यको पदमा रहेर काम गरेको हुदाँ अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो ।
त्यस्तै वडामा शिक्षा ,स्वास्थ्य, कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु रहेका छन । वडाको चौतर्फी विकासको लागि वडामा हामी सदैब लागि परेका छौ ।
उहाँले भन्नुभयो, स्रोत र साधनले भ्याएसम्म वडाको सम्रग क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छौ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
। वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







