नौबहिनी गाउँपालिकाको वडा नं ३ मा हवाहुरीले क्षति

Share Icon

काठमाडाैं । नौबहिनी गाउँपालिकाको वडा नं ३ मा हवाहुरीले क्षति पुर्याएकाे छ ।

वडा अध्यक्ष डिल बहादुर के.सीले विद्यालय तथा घरकाे हवाहुरीले छाना उडाएर क्षति पुर्याएकाे बताउनु भयाे ।

उहाँले हिजाे हावाहुरिले श्री शिद्देश्वरी प्रा.बि.ढाक्लाङको भवनको छाना, धम्चे बस्ने लिलु गिरिको घरको छाना, प्रेम गिरीको घरकोछाना र खिमु गिरिको घरको छाना पूर्ण रुपमा क्षति पुर्याएकाे जानकारी दिनुभयाे।

उहाँले वडा कार्यालयद्वारा सिफारिस दिएर गाउँपालिकाबाट विपद व्यवस्थापन कोषबाट सहयाेग उपलब्ध हुने पनि जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.