निर्वाचनमा जनताकाबीचमा गरेका प्रतिवद्धता सबै पूरा गर्नेछुः अध्यक्ष सुनुवार

Share Icon

८ असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचूर सम्भावनाले भरिएको गाउँपालिका हो।

यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ ।

उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्धिमा निकै ठूलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानीय सरकार आएसँगै विकास निर्माणले गति लिन थालेको छ ।

उमाकुण्ड गाउँपालिकाको समृद्दिको आधार भनेको कृषि,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी र जट्टापोखरी लगायतका महत्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल तामेडाँडाक्षेत्र उमातिर्थ मन्दिर र विभिन्न चण्डी मन्दिर लगायतका धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको छन् ।

गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलहरु रहेका छन् । जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना रहेको छ । हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावरहरु निर्माण भैरहेको छ । अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगायतको समेत काम भैरहेको छ।

कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा नम्बर १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषिमा आलु किवी अलैंची र चिया लगायतका नगदे बालीको प्रशस्त खेती भैरहेको छ । उमाकुण्ड गाउँपालिका बहुमूल्य जडिबुटीको भण्डारको रुपमा पनि परिचित गाउँपालिका हो।

उमाकुण्ड गाउँपालिका-६ का वडा अध्यक्ष मानबहादुर सुनुवारले दशैं-तिहारपछि मात्रै विकास निर्माणका याेजनाकाे काम सुरू गर्ने बताउनुभएकाे छ । वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले  कृषि क्षेत्रमा खासै उपलब्धी गर्न नसकेकाे स्वीकार गर्नुभएकाे हाे । पर्यटन क्षेत्रलाई अगाडि बढाउने र च्यादलुमा पार्क बनाउने याेजना रहेकाे उहाँले बताउनुभयाे ।

अध्यक्ष सुनुवारले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे बताउनुभएकाे हाे । साथै पहिलाे कार्यकाल सन्ताेषजनक रूपमा  सम्पन्न गरेकाे बताउँदै दाेस्राे कार्यकाल पनि निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने उहाँकाे दावी छ ।

त्यस्तै, फरक प्रसंगमा उहाँले सामुदायिक विद्यालयहरूलाई  सुधार गर्ने याेजना रहेकाे बताउनुभयाे । साथै आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत वडा नम्बर ४ लाई पालिकाले ४७ लाख रुपैयाँ दिएकाे पनि उहाँले बताउनुभयाे । वडा कार्यालयकाे भवन निर्माण गर्ने  याेजना रहेकाे अध्यक्ष सुनुवारले बताउनुभयाे। आफ्नाे वडाकाे कामप्रति सेवाग्राहीहरू सन्तुष्टि रहेकाे पनि उहाँकाे दावी छ ।

अन्त्यमा अब तेस्राे कार्यकालमा भने आफू वडा अध्यक्ष पदमा नउठ्ने घाेषणा समेत उहाँले गर्नुभएकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.