Share Icon

४ असाेज, काठमाडाैँ । शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फाल्गुन २७ गते गठन भएको हो।

गोरखा जिल्लालो दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समावेश भइ यस गाउँपालिकाको गठन भएको हो।

यस गाउँपालिकाको सिमाना पूर्वमा भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकार धादिङ्ग जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ।

यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राम्हण, चेपाङ्ग र दलितहरुको मुख्य बसोवास रहेको छ भने अन्य जातिहरुमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित वालिङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

वालिङ नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम कुमार श्रेष्ठ ।

वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष  श्रेष्ठले बताउनुभयोे ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष  श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ ।

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष  श्रेष्ठले बताउनुभयो ।

वडा अध्यक्ष राम कुमार श्रेष्ठले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर  ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon