८० प्रतिशत जनताकाे माग पुरा गर्ने लक्ष्य राखेकाे छु : वडा अध्यक्ष खड्का

Share Icon

१७ कात्तिक, काठमाडाैँ । श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो ।

सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर खड्का।

बडीमालिका नगरपालिका वडा नं. ७ मा पालिकाबाट जम्मा बजेट २८ लाख ५० हजार  विनियाेजन गरिएकाे वडा अध्यक्ष कृष्ण बहादुर खड्का जानकारी दिनुभयाे ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खड्काले बताउनुभयोे ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “ भाैगाेलिक विकटताकाे कारणले विकास निमार्णका कामहरू गर्न कठिनाइ रहेकाे  छ । “

वडा अध्यक्ष खड्काले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्ने र कुनै नयाँ बाटोहरूकाे  ट्रयाक खाेल्ने कामहरु गरेका छौँ ।”

उहाँले भन्नुभयाे, ” वडामा बजेटकाे अभावले भनेकाे जस्ताे काम गर्न सकिएकाे छैन् । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि संघबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यस्तै पछिल्लाे समय यस वडामा कर्मचारीकाे अभावकाे कारणले भनेकाे समयमा काम गर्न नसकिएकाे र विभिन्न समस्याहरू रहेकाे वडा अध्यक्ष खड्काले प्रष्ट पार्नुभयाे ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको  वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा टाेल टाेलमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ । वडामा बत्तिकाे पहुच पुर्ण रूपमा पुराउने काम पनि सम्पन्न भएकाे उहाँकाे दाबी छ ।

वडा अध्यक्ष कृण्ण बहादुर  खड्काले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.