Share Icon

काठमाडाैं । रूकुम पूर्व जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा वडा नम्बर १३ मा युवाहरूलाई ड्राइभिङ्ग तालिम दिइएकाे छ । वडा कार्यालयले युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ड्राइभिङ्ग तालिम दिइएकाे हाे ।

वडा अध्यक्ष शिविसन सीर्पालीले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत उक्त तालिम युवाहरूलाई प्रदान गरिएकाे जानकारी दिनुभयाे ।

तालिममा सहभागीहरुलाई चार चक्के लाइट गाडी चलाउन शैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिई ३० दिने ड्राइभिङ्ग गर्न सक्ने क्षमताको विकास गरिएकाे वडा सचिव तेजेन्द्र सीर्पालीले बताउनु भयाे ।

तालिममा ११ जना सहभागी रहेकाे उहाँले बताउनु भयाे । वडाभित्र रहेका इच्छा शक्ति भएका, बेरोजगार, सिप सिकेर केही गर्न खोज्ने युवाहरुलाई रोजगारीका अवसर सिर्जना गराउन यस प्रकारकाे प्रदान गरिएकाे वडा अध्यक्ष सीर्पालीले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon